जीतपुरसिमरामा तीन महिनादेखि उठेन फोहोर, फैलियो दुर्गन्ध


बारा : बिगत तीन महिनादेखि फोहोर नउठ्दा जीतपुरसिमरा उपमहानगरपालिका दुर्गन्धित बनेको छ । नगरपालिकाको मुख्य शहरी क्षेत्र सिमरा, जीतपुर, औराहा, डुमरवाना, अम्लेखगञ्ज बजारको चोकमा फोहोर थुप्रेको हो ।

बजार क्षेत्रमा दुर्गन्ध फैलिँदै गएपछि मानिसहरु नाक थुनेर हिड्डुल गर्न बाध्य छन् । लामो समयदेखि फोहर नउठ्दा दुर्गन्ध फैलिएर व्यापार व्यवसाय नै प्रभावित बनेको व्यवसायीहरु बताउछन् । फोहोर व्यवस्थापनका लागि शुल्क बुझाए पनि तीन महिनादेखि फोहोर व्यवस्थापन नभएको व्यवसायीको गुनासो छ ।

नगरपालिकाले फोहोर व्यवस्थापनका दुई वर्षदेखि ग्रिन एण्ड क्लिन सिटी प्रालिसँग  ठेक्का सम्झौता गरेको छ । नगरपालिकाले ग्रामीण भेगमा उत्पादन भएका फोहोर गाँउघरमै व्यवस्थापन गरे पनि पथलैया–बिरगञ्ज औद्योगिक करिडोरको बजार क्षेत्रका फोहोर दुधौरा खोला छेउमा व्यवस्थापन गर्दै आएको छ । तर, दुधौरा खोला छेउका स्थानीयहरुले अवरोध गरेपछि पसल, होटल व्यवसायका फोहोरहरु सडक चोकचोकमा थुपारिएको छ ।

स्थानीयहरुले अवरोध गरेका कारण फोहोर व्यवस्थापनमा समस्या भएको ग्रिन एण्ड क्लिन सिटी प्रालि मकवानपुरका प्रमुख नवराज खतिवडाले बताए । खतिवडाले भने‚ ‘नगरपालिकाले जग्गाको टुंगो लगाउन नसक्दा तीन महिनादेखि फोहोर व्यवस्थापनमा समस्या भएको छ।’

नगरपालिकाले फोहोर व्यवस्थापनका लागि बर्सेनि करोडौ रुपयाँ खर्च गरे पनि दीर्घकालिन समाधान हुन सकेको छैन । होटल सिमरा ईनका प्रमुख गोविन्द गहतराजले कोभिड महामारीको बेला नगरपालिकाले फोहोर व्यवस्थापनमा चासो नदिँदा रोग फैलन डर भएको गुनासो गरे

प्रकाशित : २०७८ श्रावण १८, सोमबार ०७:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ