छिन्नमस्ता मन्दिरबाट चोरी भएको मुकुट भेटियो, चोर पक्राउ


राजविराज : सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरबाट चोरी भएको भगवतीको चाँदीको मुकुट (मस्तक) आज भेटिएको छ ।

प्रहरीले विष्णुपुर गाउँपालिक ५ मझाउ टोलका राजेश कुमार मण्डललाई मुकुटसहित पक्राउ गरेको हो । चोर मण्डल अहिले प्रहरीको हिरासतमा छन् । उनीमाथि आवश्यक कारबाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।
आइतबार साँझ करिब ७ः३० बजे छिन्नमस्ता भगवती मन्दिर सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट चोरी भएको थियो ।

प्रकाशित : २०७८ श्रावण १८, सोमबार ०८:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ