शहिदनगरबाट बलात्कार आरोपमा एकजना पक्राउ


टुडेखोज, जनकपुरधाम : बलात्कार आरोपमा शहिदनगर नगरपालिका १ बालाबाखरका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय नरेश यादव रहेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुर, इलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी ठाडी झिझाबाट खटेको संयुक्त टोलीले यादवलाई महिनाथपुरबाट पक्राउ गरेको बताइएको छ ।

एक वर्ष अगाडी महिलालाई बलात्कार गरेको आरोपमा उनीमाथि प्रहरीमा मुद्दा दर्ता छ । तर घटनापछि उनी फरार थिए । पक्राउ परेपछि कारबाही अगाडी प्रहरीले कारबाही अगाडी बढाएको छ ।

प्रकाशित : २०७८ श्रावण १८, सोमबार ११:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ