थुनुवा मृत्यू प्रकरण : धनुषाका एसपीलाई कारबाही गर्न दलित जनमत संघको माग


टुडेखोज, जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको शौचालयमा थुनुवा पल्टु रबिदास झुण्डिएको अवस्थामा मृत फेला परेका घटनाको विरोधमा दलित जनमत संघले विरोध प्रदर्शन गरेको छ ।

आज दिउँसो जनकपुरमा संघसँग आवद्ध नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् । संघले धनुषाका एसपी प्रकाश रानाभाटलाई कारबाही गर्नुपर्ने माग गरेको छ । यस्तै घटनाको छानबिन गर्न र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरेको छ ।

संघका नेता कार्यकर्ताहरुले प्रदर्शन पश्चात जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाउने बताइएको छ । घटनाको छानविनका लागि दलित अधिकारकर्मीहरुले पनि घटनाको छानविन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका घर भएका मृतक रबिदास अंगभंग तथा कुटपिट मुद्दामा पक्राउ परेका थिए । उनको परिवारले हत्या भन्दै शव बुझेका छैन ।

प्रकाशित : २०७८ श्रावण १८, सोमबार १३:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ