सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी


काठमाडौं : सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्दै छ । बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिई शीर्ष नेतृत्वलाई हस्तान्तरण गर्ने कार्यदलका एक सदस्यले बताए ।

सम्भवतः आज सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको प्रमुख शीर्ष नेताको बैठकले गठबन्धन सरकारको नीति तथा कार्यक्रमलाई करिब–करिब अन्तिम रुप दिएको छ । थप गर्नुपर्ने केही विषय बाँकी रहे आज छलफल गरेर पूर्ण दिइ सार्वजनिक गर्न लागिएको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठकले सम्भवतः मङ्गलबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने र मन्त्रिपरिषद्को विस्तार गर्ने विषयमा सहमति गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस विज्ञ विष्णु सापकोटाले जानकारी दिए ।

न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेलगत्तै मन्त्रिपरिषद् विस्तार गरेर सरकारको कामलाई गति दिने निष्कर्षमा समेत शीर्ष नेताहरु पुगेको बताइएको छ ।

प्रकाशित : २०७८ श्रावण १९, मंगलवार ०८:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ