धनुषामा डकैती : ५० तोला चाँदी र सुनका गहनाहरु लुटेर लगियो


टुडेखोज, जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिका ८ कमहरामा सोमबार राति डकैती भएको छ । ४/५ जनाको हतिया’रधारी समूहले स्थानीय विजय यादवको घरमा डकैती गरेको हो ।

ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदिप सुवेदीका अनुसार डाँकाहरुले यादवको घरबाट ४० तोला चाँदी, उनका छोरी कामनी यादवले लगाएको आधा तोलाको मंगलसुत्र र ज्वाई संजय यादवले लगाएको सुनको सिक्री पनि लुटेर लगेका छन् । यद्दपी पीडित परिवारले ५० तोलाभन्दा बढी चाँदी लुटेर लगेको दावी गरेका छन् ।

उनका अनुसार डकैती होइन्, चोरी भएको छ । ४/५ जनाको समूहमा आएका चोरहरुले केहि समान लगेको छ । घटना विषयमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित : २०७८ श्रावण १९, मंगलवार ११:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ