जटही नाकामा सशस्त्र प्रहरीले समात्यो गाँजा


बिपिन यादव/ जनकपुरधाम : धनुषाको नगराइन नगरपालिका २ जटकी नाकाबाट सशस्त्र प्रहरीले गांजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नगराइनका प्रहरी नायब निरीक्षक संजय बराल नेतृत्वको टोलीले गांजा बरामद गरेको हो । बरामद गांजा ६ किलो ९ सय ग्राम रहेको छ ।

सशस्त्र प्रहरीको टोलीलाई देखेर गांजा बोकेका व्यक्ति भने फरार भएको बताइएको छ ।

प्रकाशित : २०७८ श्रावण १९, मंगलवार १७:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ