सिरहा : चोरी गरेर फरार चार जनालाई प्रहरीले समात्यो


टुडेखोज, लहान : चोरी मुद्दामा फरार रहेका चार जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका १५ का ३५ बर्षीय देबु सदाय, ५७ बर्षीय मोहन सदाय, ३५ बर्षीय रामउदगार मण्डल र श्याम सदाय छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय लहानको टोलीले गाउँबाटै पक्राउ गरेको हो ।

सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीका अनुसार जिल्ला अदालतले चोरी मुद्दामा चारै जनालाई जनही १ महिना कैद र २१ हजार ६ सय ६३ रुपैयाँ जरिवाना तोकेको थियो ।

प्रकाशित : २०७८ श्रावण १९, मंगलवार १७:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ