रेलवे विभागका महानिर्देशक गुरु भट्टराईलाई स्पष्टीकरण सोधियो


काठमाडौं : नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई सरकारले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आचरणविपरीत काम गरेकाले महाप्रबन्धक भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनलाई पदबाट हटाउने योजनाका साथ स्पष्टीकरण सोध्ने निर्णय गरेको बताइएको छ ।

महाप्रबन्धक भट्टराईमाथि प्रभावकारी काम नगरेको र अनावश्यक ठेक्कापट्टामा मात्रै ध्यान दिएको आरोप छ ।

प्रकाशित : २०७८ श्रावण १९, मंगलवार १९:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ