जनकपुरका रुँगटा : कपडा तस्करीका बेताज बादशाह !


जनकपुरधाम : लकडाउनमा देशको आर्थिक अवस्था कमजोर भएको बेला जनकपुरधामका एकजना व्यवसायी मनोज रुँगटालाई भने अत्यधिक फापेको छ । रुँगटा कपडा, छड, सिमेन्टको धन्धा गर्छन् ।

भारतबाट कपडा ल्याउने र नेपालमा बेच्ने रुँगटाको छड र सिमेन्टको डिलरपनि छ ।लकडाउनमा नेपाल र भारतको सीमा बन्द रहेको र उद्योग धन्धाहरु समेत राम्ररी सञ्चालन हुन सकेन् । तर रुँगटाको भने कारोबार अत्यधिक फस्टाएको देखिन्छ । लकडाउनको समयमापनि रुँगटाले करोडौको जग्गा खरिद गरेका छन् । उनको हाल बसोबास रहेको जनकपुरधाम उपमहानगरपालिकाको १ मा करिब ५ वर्षको हाराहारीमा ७ कित्ता भन्दा बढी जग्गा खरिद गरेको देखिन्छ । उनले आफ्नो घरको दुई तर्फ जग्गा धनीले मागेको मुल्य दिएर धमाधम खरिद गरेका छन् ।

अकल्पनिय मोल लगाएर उनले छेउका घरजग्गाहरु खरिद गरेको छिमेकीहरु बताउँछन् । १३ फिटको सडकमा उनले धुरको २० लाख भन्दा महँगो दिएर घर जग्गा खरिद गरिरहेका छन् । रुँगटाको देखिने कारोबार कपडा र सिमेन्टको मात्र हो ।तर उनले गर्ने अन्य कारोबारमा बैंक भन्दा समेत सस्तो दरमा व्यक्तिलाई ऋण प्रवाह रहेको छ । उनलाई नजिकबाट चिन्नेहरुका अनुसार वार्षिक १२ प्रतिशतमा नै उनले व्यक्तिलाई ऋण प्रवाह गरिरहेका छन् ।

रुँगटासित ऋण काढेर जनकपुरधाममा कयौं कारोबारीहरुले साढे दुई र तीन प्रतिशतमा ऋण प्रवाह गर्छन् । रुँगटाको कपडाको कारोबारपनि हेर्दा समान्य जस्तै देखिन्छ । उनले वार्षिक तिर्ने भन्सारको यकिन तथ्यांक प्राप्त नभएपनि समान्य व्यवसायीको भन्दा बढी नरहेको भन्सार कार्यालयका कर्मचारीहरु बताउँछन् । लकडाउनको बेलापनि उनको कारोबार बन्द नभएको बताइन्छ ।

रुँगटाले किनेको जग्गापनि बिक्री गरेको देखिदैन् ।बैंकबाटपनि उनले लिएको ऋण न्युन रहेको बताइन्छ ।आन्तरिक राजस्व कार्यालयमा उनले वार्षिक तिर्ने कर ब्यवसायको भन्दा अलग छैन् । व्यक्तिगत करदाताको सुचीमा रुँगटा समेत उनको परिवारका कोहीपनि छैनन् । उनी कर कार्यालयबाट हाल सम्म उत्कृष्ट करदाताको सुचीमा समेत परेका छैन् ।

रुँगटाको अघोषित कारोबार ब्यापक फैलिएपनि उनी कारोबार नै नभएको बताउँछन् ।‘लकडाउनको कारण सबै कारोबार ठप्प भएको छ’ उनले भने, छडको कारोबार छाडिसकेको छु ।सिमेन्ट र कपडाको कारोबारमा ज्यान नरहेको उनले बताए ।‘

अब कपडा र सिमेन्टमा पनि चार्मिंग छैन्,’ उनले भने, ब्याजको आफ्नो कुनै कारोबार छैन् । तर लकडाउनमा समेत भइरहेको प्रगतिबारे जिज्ञासा राख्दा उनले भने, यो सबै बैंकको ऋणबाट खरिद गरिएको छ । कारोबार नै नभएको बेला घरजग्गा खरिदका लागि बैकले कसरी ऋण दियो भने प्रश्नमा उनी मौन रहे । रुँगटाको नदेखिने कारोबार देखिने भन्दा धेरै ठूलो रहेको बताइन्छ । उनी कयौँ अबैध कारोबारमा संलग्न रहेको बताइन्छ ।

वार्षिक रुपमा रुँगटाको आय र त्यसको स्रोतको खोजी गरिए तत्कालै यथार्थ सामुन्ने आउने रुँगटाका छिमेकीहरु बताउँछन् । मनोज रुँगटाले ब्यापक कर छलि गरेपनि सम्बन्धित निकायले चासो लिएको देखिदैन् । स्रोतहरुका अनुसार रुँगटा कपडा तस्करीका ‘बेताज बादशाह’ हुन् । – जनकपुर टुडेबाट

प्रकाशित : २०७८ श्रावण २०, बुधबार ०८:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ