प्रदेश २ : भारतीय नागरिकले यसरी बनाए ‘बंशज नागरिकता’


वीरगञ्ज : एक भारतीय नागरिकले पर्साबाट बंशज नागरिकता लिएको खुलासा भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले बुवाको नागरिकता नभएका व्यक्तिलाई बंशज नागरिकता दिइएको हो ।

भारतको बिहार मुज्जफरपुर अखाडाघाट निवासी राम अवतार प्रसादका दूई सन्तान मध्ये एउटा नेपालको बंशज नागरिक अर्को भारतको नागरिकता धारी, बाबुको छोराले बंशज नागरिकता पाउनु उसको नैसर्गिक अधिकार हो । तर भारत बिहार मुज्जफरपुर अखाडाघाट निवासी राम अवतार प्रसादको नोपली नागरिकताको पत्तो नै नभएको सन्तानले बंशजको नागरिकता धारण गरेको बिषय अहिले चर्चामा छ ।

एउटा भारतीय नागरिक दुइ छोरा मध्ये जेठो भारतीय र कान्छो नेपालको बंशज नागरिक रहेको तथ्य फेला परे संगै यो बिषयले चर्चा पाएको हो । राम अवतार प्रसादका जेठा छोरा कैलास प्रसाद भगेरिया अझै पनि भारतीय नागरिक नै हुन । तर, कान्छो छोरा पवन भगेरिया विहारमा विभिन्न अपराधकर्म गरि नेपालमा लुक्न आएका बखत मोरगं जिल्लाको रंगेलीबाट बंशज नागरिकता लिन सफल भएका छन् । आज उनी “बोनाफाइड’ नेपाली भएका छन ।

केहि बर्ष अगाडि वीरगञ्जको आदर्शनगरमा मनाकामना मोटरपार्टस खोलेर त्यसको आडमा देशभरी तस्करीको समान सप्लाइ गरेर चर्चामा आएका भंगेरिया गैर कानूनी काम गरेर छिटो धन आर्जन गर्न सफल भएका ब्यक्ति हुन । उनले सम्पती मात्र जोडेका छैनन । ०६३ सालमा नागरिकता बितरण टोलीले नागरिकता बितरण गर्दा एक दर्जना भन्दाबढी आफ्ना भारतीय विहारी नातेदारहरुलाई समेत नागरिकता दिन लगाएर भित्र्याएका छन ।

स्थानीय प्रहरी प्रशासनको दलाली गर्दै आएका भगेरियाको नागरिकता छानविनको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा मुद्दा परेको छ । तर मुद्धा दुई दशकदेखि किनारामा पुर्याउने गरि काम भने भएको छैन ।

प्रकाशित : २०७८ श्रावण २०, बुधबार ०८:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ