जनकपुरमा खुल्यो सुबिधा सम्पन्न होटल राज घराना, पोने २ करोड लगानी


टुडेखोज, जनकपुरधाम : जनकपुरको जनकचोकमा सुबिधा सम्पन्न होटल राज घराना एण्ड फेमिली रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

जनकपुरकै शंकर साहले पोने दुई करोडको लागतमा उक्त होटल सञ्चालनमा ल्याएका हुन् । बुधवार एक समारोहबीच रिबन काटेर होटलको शुभारम्भ गरिएको छ । जनकपुरका अन्य होटलको तुलनामा सस्तो सेवा दिने सञ्चालक साहले प्रतिवद्धता जनाए ।

उनका अनुसार होटलमा जन्मदिन वा अन्य पार्टी गर्दा शुल्क लाग्ने छैन । खाना वा खाजाको पैसा मात्र तिनुपर्छ । साथै होटलमा कोठा बुक गरेर बस्दा खाजा निःशुल्क दिइनेछ ।

प्रकाशित : २०७८ श्रावण २०, बुधबार १३:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ