धनुषा : पोखरीमा बालकको लाश भेटियो, ह-त्या कि डुबेर मृत्यू ?


टुडेखोज, जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिका ६ स्थित पोखरीमा एक बालकको लाश फेला परेको छ । स्थानीय शुभलाल मजिहारको १५ वर्षीय छोरा अमनको लाश फेला परेको हो ।

पोखरीमा लाश तैरिरहेको अवस्था दिउँसो १२ बजे बालक अमनको लाश फेला परेको बताइएको छ । स्थानीयका अनुसार उनी राँगा नुहाउन पोखरी गएका थिए । त्यसैले डुबेर मृत्यू भएको हुनसक्ने अनुमान छ ।

कतिपयले घटना शंकास्पद रहेको बताइरहेका छन् । लाश पानीबाट निकाल्दा पानी नखाएको देखिएको छ । त्यसैले घटना शंकास्पद रहेको भन्दै छानबिनका लागि प्रहरीलाई स्थानीयले अनुरोध गरेका छन् । घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ श्रावण २०, बुधबार १९:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ