विवाहको जन्तीमाथि चट्याङ खस्यो, १७ जनाको मृत्यु, दुलहा पनि घाईते


एजेन्सी : विवाहको जन्तीमाथि चट्याङ पर्दा १७ जनाको मृत्यु भएको छ । घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएका छन् ।

यो दुःखद घटना बंगलादेशमा घटेको हो । तटीय क्षेत्र शिवगंजमा जन्तीहरु डुंगाबाट उत्रिएर नदी किनारमा रहेको बेहुलीको घरतर्फ जाँदै गर्दा चट्याङले भेटेको थियो । प्रत्यक्षदर्शीका अनुसार एकैपटक थुपैं चट्याङ खसेको थियो ।

बंगलादेशमा हरेक वर्ष चट्याङले ठूलो जनधनको क्षति हुने गरेको छ । सन् २०१६ को मे महिनामा बंगालादेशमा एकै दिन चट्याङ लागेर ८२ जनाको मृत्यु भएको थियो । उक्त महिनाभर चट्याङबाट ज्यान गुमाउनेको संख्या २ सय नाघेपछि सरकारले चट्याङलाई प्राकृतिक विपती घोषणा गरेको थियो ।

विज्ञहरुले पछिल्ला वर्षमा चट्याङको घटना बढ्दै जानुमा वन विनाशलाई मूख्य कारण मानेका छन् । यो घटनाले विश्वका मानिस दुःख व्यक्त गरिरहेका छन् ।

प्रकाशित : २०७८ श्रावण २१, बिहीबार ०८:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ