मल लुकाएर कालोबजारी, समस्यामा किसान


मुकेश यादव, लहान : सिरहाको औरही गाउँपालिकामा रहेको एक सहकारी संस्थाले मल वितरण गर्ने क्रममा किसानलाई ठगी गरेको पाइएको छ ।

औरही गाउँपालिका वडा नम्बर ४ मा रहेको खजनपुर कृषि सहकारी संस्था लिमिटेडले कृषि सामग्री कम्पनी लहानबाट वडा नम्बर ३ को लागि डिएपि ४० वोरा, युरिया ८० वोरा र वडा नम्बर ४ को लागि डिएपि ४५ बोरा, युरिया ११० गरी जम्मा २३५ बोरा मल उपलब्ध गराएको थियो । किसानले मल खरिद गर्न जाँदा वडा ३ र ४ को लागि डिएपि ४०, युरिया ८० बोरा मल मात्र दिएको बताए ।

स्थानियलाई चित नबुझे पछि प्रहरी र वडाध्यक्षलाई जानकारी गराएको थियो । वडाध्यक्ष उपेन्द्र यादव, प्रहरीको रोहबरमा खजनपुर कृषि सहकारी संस्थाको प्रमुख रामझारी यादवले गोदाममा खोज्दा डिएपि ३६ र युरिया ७५ वोरा बरामद गर्यो ।

वडाध्यक्ष यादवले रामझारीले विगतमा पनि विना बिल भरपाईको युरिया ९५० को दरमा वितरण गरेको बताएका छन् । २३७५ मा बेच्नुपर्ने डीएपीको २५ सय लिने गरेको किसानहरुको गुनासो छ ।

प्रकाशित : २०७८ श्रावण २१, बिहीबार ०८:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ