बाँधेर युवा कुट्ने वडाध्यक्ष पक्राउ


काठमाडौं : दाम्लोले बाँधेर युवालाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जाजरकोट जुनचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई आज विहान प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर १५ साउनमा नेपालीले कुटपिट गरेका थिए । कुटपिटको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । सो भिडियो बाहिरिएपछि विभिन्न मिडियामा समाचार आउँदा वडाध्यक्ष नेपाललाई प्रहरीले पक्राउ गरेको बुझिएको छ ।

वडाध्यक्ष नेपालीलाई प्रहरीले पक्राउ गरी कानून बमोजिम कारबाही गर्न सदरमुकाम खलंगा लगेको छ । साथै कुटाई खाएका युवालाई पनि बोलाइएको जाजरकोट प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ श्रावण २१, बिहीबार ११:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ