बाहिर रहेका नेता–कार्यकर्तालाई पार्टीमै फर्किन जसपाको आह्वान


काठमाडौं : जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीको आधिकारिकतासम्बन्धी विवाद निरुपणअघि बाहिर बसेका नेता-कार्यकर्तालाई पार्टीमै फर्किन आह्वान गरेका छन् ।

बिहीबार विज्ञप्तिमार्फत यादवले जुनसुकै कारणले पार्टीबाट अलग भएका र अन्यत्र अलमलमा परेका नेता-कार्यकर्तालाई बिनाहिचकिचाहट पार्टीमा फर्किएर जिम्मेवारी सम्हाल्न आह्वान गरेका हुन् ।

जसपा अध्यक्ष यादवको विज्ञप्ति बुधबार महन्थ ठाकुर पक्षले प्रकाशित गरेको अपिलको ‘काउन्टर’मा आएको हो । ठाकुरले अपिलमार्फत जसपाका नेता-कार्यकर्तालाई आफ्नो पक्षमा आउन आग्रह गरेका थिए ।

प्रकाशित : २०७८ श्रावण २१, बिहीबार १७:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ