जसपा ठाकुर पक्षको आज चार जिल्लामा अगुवा कार्यकर्ता भेला, सिरहामा पूर्वमन्त्री अरगरिया


जनकपुरधाम : जनता समाजवादी पार्टी ,नेपाल (जसपा)को महन्थ ठाकुर पक्षले आज चार वटा जिल्लामा अगुवा कार्यकर्ता भेला आयोजना गरिदैछ ।

ठाकुर पक्षले सप्तरी, सिराहा, महोत्तरी र बारा जिल्लामा आज अगुवा कार्यकर्ता भेला आयोजना गरेको हो । बैठकलाई सम्बोधन गर्न केन्द्रीय नेताहरु जिल्ला जाँदैछन् ।

सप्तरीमा राजेन्द्र महतो, केशव झा, वृषेश चन्द्र लाल र राजिव झा, सिरहामा उमाशंकर अरगरिया, अनिल कुमार झा, डा. सुरेन्द्र झा र जयनुल राइन, महोत्तरीमा महन्थ ठाकुर , शरतसिंह भण्डारी, निर्जला राउत, बारामा लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह र रमेश पटेलले भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भेलामा सहभागी हुन बिहीवार नै अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरिया जनकपुरधाम आए । उनीहरुलाई जनकपुर एयरपोर्टमा नेता कार्यकर्ताले भव्य स्वागत गरेको थियो । आज विमानबाटै राजेन्द्र महतो जनकपुरधाम आइपुगेका छन् ।

प्रकाशित : २०७८ श्रावण २२, शुक्रबार ०८:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ