उपाध्यक्ष ससुराको निधन भएपछि गाउँपालिकाले दियाे सार्वजनिक बिदा


काठमाडौं : तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी निम्सिना गौतमका ससुराको निधनमा सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले तिम्सिनाका ससुरा कृष्णप्रसाद गौतमको निधनमा शुक्रबार (आज) सार्वजनिक बिदा दिएको हो ।गाउँपालिकाले सूचना जारी गर्दै सबै वडा र स्कुलमा बिदा दिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष दर्जीले एक दिनको लागि सार्वजनिक बिदा दिएको जानकारी दिए ।

उनले भने, ‘बिदा त दिन नमिल्ने तै पनि उपाध्यक्षकै ससुराबा भएकाले बिदा दिने भन्ने कुरा आएपछि सार्वजनिक बिदा दियौँ,गाउँपालिकाका कै छिमेकी पनि हो ।’ तर गाउँपालिकाका अध्यक्ष यादव बहादुर खापुङ्गले भने गौतमको नाममा नभई उनको मलामी सबै जानुपर्ने भएकाले बिदा दिएको बताए ।

‘समाजसेवी त होइनन, उहाँ हाम्रो छिमेकी पनि हो,’ उनले भने, ‘सबै मलामी जानुपर्ने भएकाले एक दिनलाई बिदा दिएका हौँ ।’ उपाध्यक्षका ससुरा गौतमको २१ गते राति ११ः४० बजे ९६ वर्षको उमेरमा निधन भएको बताइएको छ ।

प्रकाशित : २०७८ श्रावण २२, शुक्रबार १५:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ