सप्तरीमा ट्यांकरको ठक्करबाट बाराकी महिलाको मृत्यू


सप्तरी : सप्तरीको शम्भुनाथ नगरपालिका ६, कठौनामा ट्यांकरको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

बाराको आदर्श कोतवाल गाउँपालिका–३ की ६५ वर्षीया मलादेवी गिरीको मृत्यु भएको हो । ना ४ ख २८०० नम्बरको बसबाट ओर्लिएर सडक पार गर्दै गरेकी उनलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख २४४१ नम्बरको ट्याङ्करले हिजो बेलुकी करिब पौने ९ बजे ठक्कर दिएको थियो ।

उपचारका लागि रुपनीस्थित युनिक अस्पताल पुर्‍याउना साथ गिरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । ट्यांकरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रकाशित : २०७८ श्रावण २४, आईतवार ११:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ