सरकारले स्पष्टीकरण सोध्दा गुरु भट्टराईको चेतावनी- रेल सेवा अनिश्चित हुन्छ


काठमाडौं : रेल्वे विभागका महाप्रबन्धक गुरु भट्टराईले आफूलाई पदबाट हटाउन सरकारले सोधेको स्पष्टीकरणले नेपालमा रेल सेवा अनिश्चित हुने चेतावनी दिएका छन् ।

दिउँसो १ बजे रेल विभाग तथा नेपाल रेल्वे कम्पनीको कार्यालय विशालनगरमा पत्रकार सम्मेलन गरी भट्टराईले आफूलाई सोधिएको स्ष्टीकरणमा कार्य सम्पादनबारे केही पनि विषय समावेश नभएको गुनासो गरेका हुन् । सार्वजनिक निकायमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड २०७७ को दफा ९ को खण्ड ुघु बमोजिम खराब आचरण र पदीय जिम्मेवारी पूरा नगरेकाले पदबाट किन नहटाउने भनी प्रश्न नगरिएकोमा उक्त दफा र खण्डमा स्पष्टीकरण सोधिएका विषय समावेश नभएको भट्टराईले दाबी गरेका छन् ।

सरकारले राजनीतिक विषयमा स्पष्टीकरण सोधेकाले त्यसको समाधान राजनीतिक रुपमै खोजिने पत्रकार सम्मेलनमा भट्टराईले बताएका छन् । भट्टराईलाई आचरणविपरीत कार्य गरेको भन्दै गत १९ साउनको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सरकारले आफ्नो कार्य सम्पादनमाथि नभएर सामाजिक सञ्जालमा सरकारविरुद्ध लेखेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा आएका विषय उठाएर सरकारले स्पष्टीकरण सोधेको भन्दै भट्टराईले आफ्नो नेतृत्वमा कम्पनीले रेल सञ्चालनको वातावरण तयार गरेको बेला सरकारले हटाए रेल चल्नै नसक्ने दाबी गरे । साथै उनले आफूले राजीनामा दिनेरनदिनेबारे मंगलबारसम्म निर्णय लिने पनि बताएका छन् । – थाहा खबर

प्रकाशित : २०७८ श्रावण २५, सोमबार १९:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ