मोटरसाइकलको ठक्करबाट प्रहरी इन्सपेक्टरको मृत्यु


काठमाडौं : नवलपरासीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको छ ।

४३ वर्षीय वाग्लेको सोमबार राति साढे ११ बजेतिर भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बर्दघाटमा दरबन्दी रहेका वाग्लेलाई बाटोमा हिंडिरहेको बेला लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले सोमबार राति ८ बजेतिर ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते उनको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रकाशित : २०७८ श्रावण २६, मंगलवार ०८:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ