मारुती सिमेन्ट उद्योगले वनको जग्गा अतिक्रमण गरेको विरुद्ध आमरण अनसनको घोषणा


टुडेखोज, जनकपुरधाम : सिरहाको चोहर्वास्थित मारुती सिमेन्टले वनको जग्गा अतिक्रमण गरेको विरुद्धमा चुरे अभियानीहरुले जनकपुरमा आमरण अनसन बस्ने घोषणा गरेका छन् ।

चुरे तथा वन जंगल संरक्षण अभियानले वनको अतिक्रमित जग्गा फिर्ता ल्याउनुपर्ने, वन कार्यालय लहानले चुरे अभियानीहरुमाथि लगाइएको झुठा मुद्दा खारेज गर्नुपर्ने, कोटेशन मार्फत खरिद गरेको फलफूलको विरुवामा गरिएको अनियमितताको छानविन गर्नुपर्ने माग गरेको छ ।

अभियानका धनुषा संयोजक अमन यादव, महोत्तरी संयोजक सविता यादव र केन्द्रीय सहसंयोजक रानी रायले संयुक्त रुपमा जनकपुरको जनकचोकमा पत्रकार सम्मेलन गरी आमरण अनसनको घोषणा गरेका छन् । आफूहरुले राखेको माग बुधवारसम्म पुरा नभए बिहीवारदेखि आमरण अनसन बस्ने उनीहरुको भनाई छ । हेर्नुस् विज्ञप्ती :

प्रकाशित : २०७८ श्रावण २६, मंगलवार १९:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ