प्रदेश २ लोकसेवा आयोगद्वारा अधिकृत सातौं तहको दरखास्त स्थगन


जनकपुरधाम : प्रदेश २ सरकारको प्रदेश लोकसेवा आयोगले अधिकृत सातौँ तहको दरखास्त स्थगन गरेको छ ।

आयोगको असार ३१ गते प्रकाशित विज्ञापन मध्ये प्रशासन सेवा, सामान्य प्रशासन समूहको अधिकृत सातौँ तहको रिक्त पदपूर्तिका लागि प्रकाशित बढुवा सूचना नं ८०/०७७-०७८ को विज्ञापनमा दरखास्त संकलन कार्य रोकेको हो ।

सर्वोच्च अदालतबाट साउन २० मा भएको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगको मंगलबारको निर्णयबाट बढुवा सूचनामा दरखास्त लिने समेतका सम्पूर्ण प्रक्रिया अर्को आदेश नभएसम्मका लागि स्थगन भएको आयोगले जनाएको छ ।

प्रकाशित : २०७८ श्रावण २७, बुधबार ०५:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ