कुलमानले बुझे नियुक्तिपत्र


काठमाडौं : कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको प्रबन्धक निर्देशक पदको नियुक्तिपत्र बुझेका छन् ।

आज ऊर्जामन्त्री पम्फा भुसालको उपस्थितिमा ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्तिपत्र दिएका हुन् । ४ वर्षे कार्यकाल पूरा गरेर गत वर्ष अवकाश भएका घिसिङ दोस्रो कार्यकालको पदभार ग्रहण गर्न प्राधिकरण गएकाछन् ।

नवनियुक्त प्रबन्ध निर्देशक घिसिङको स्वागतमा प्राधिकरणमा सबै तयारी गरिएको छ । उनको भव्य रुपमा स्वागत गरिनेछ ।

प्रकाशित : २०७८ श्रावण २७, बुधबार १३:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ