सप्तरीका सिडिओ अपाङ्ग मण्डलको घरमै पुगेर दिए नागरिकता


राजविराज : सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जयनारायण आचार्यले अपाङ्ग एक व्यक्तिको घरमै पुगेर नागरिकता प्रदान गरेका छन् ।

तिलाठी कोइलाडी गाउँपालिका ४ का प्रल्हाद मण्डल शारीरिक रुपमा पूर्ण अशक्त छन् । उनी जिल्ला प्रशासन कार्यालय पुग्ने अवस्थामा छैन । यो कुरा थाहा पाएपछि सिडिओ आचार्यले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।

पूर्ण अशक्त १९ वर्षीय मण्डल हिड्न सक्दैनन् । उमेर पुगेपछि राज्यको सेवासुविधाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले कर्मचारीसहित घरमै पुगेर नागरिकता दिएको सिडिओ आचार्यले बताएका छन् ।

प्रकाशित : २०७८ श्रावण २७, बुधबार १४:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ