कुलमानले भने- सबभन्दा ठूलो चुनौती स्वीकारेर दोस्रो इनिङ सम्हाल्न आए


काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आफू ठूलो चुनौती स्वीकारेर प्राधिकरणमा दोस्रो इनिङ सम्हाल्न आएको बताएका छन् ।

आज पदबहालीपछि प्राधिकरणमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘सरकारले ठूलो अपेक्षा राखेर मलाई नियुक्त गरेको छ । मेरो व्यक्तिगत जीवनमा योभन्दा ठूलो चुनौती सायद अरु हुने छैन । यसलाई स्वीकारेर म दोस्रो इनिङ सम्हाल्न आएको छु,’ उनले भने ।

यो चुनौतीलाई आफू एक्लैले भन्दा पनि सबैको साझा प्रयासबाट पार गर्नुपर्ने उनको भनाइ छ । उनले प्राधिकरणमा आफूले कसैको आलोचना र टिका टिप्पणी गर्नेभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता जनाए । सरकारको कार्ययोजनालाई साकार पार्न आफू प्रतिबद्ध भएर लाग्ने उनले बताए ।

बुधबार दिउँसो प्राधिकरणमा ११ महिनापछि घिसिङले पदबहाली गरेका हुन् । बुधबार नै नियुक्ति पत्र बुझेलगत्तै घिसिङ विद्युत् प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालय पुगेका थिए । उनलाई विद्युत प्राधिकरणका कर्मचारीले स्वागत गरेका थिए ।

प्रकाशित : २०७८ श्रावण २७, बुधबार १५:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ