प्रवेश पत्र देखाउनुस्, कोरोना खोप लगाउनुस्


काठमाडौं : प्रवेश पत्र देखाएर काठमाण्डौंका चार अस्पतालमा बिद्यार्थीले कोरोना खोप लगाउन पाउने भएका छन् । काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन पाउने भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै परीक्षामा सहभागी हुने विद्यार्थीहरुले प्रवेश पत्र देखाए कोरोनाविरुद्धको खोप लगाउन पाउने जानकारी दिएको हो । विद्यार्थीहरुलाई एष्ट्राजेनेका र भेरोसेलको पहिलो मात्रा दिने व्यवस्था मिलाउन सम्बद्ध निकायलाई स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालय स्तरका विभिन्न तहको परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई प्रवेश पत्रको आधारमा खोप उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

यसअघि कोरोना महामारीका बीच परीक्षा सञ्चालन भइरहेको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले खोपको व्यवस्था गरे मात्र परीक्षा दिने भन्दै विरोध गरेका थिए ।

प्रकाशित : २०७८ श्रावण २८, बिहीबार ०९:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ