तीनै तहका जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्न माग


काठमाडौं : नेकपा एमालेका सांसद आशा कुमारी विकले जनप्रतिनिधिहरुको सम्पत्ति छानबिन गर्न माग गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै विकले तीनवटै तहका जनप्रतिनिधिको आर्थिक हैसियत बढेको भन्ने आइरहेको भन्दै त्यसबारे छानबिन गर्नुपर्ने माग गरेकी हुन् ।

‘जनप्रतिनिधिको आर्थिक हैसियत बढेको भन्ने छ । जनप्रतिनिधि र नेताको नाम नै भ्रष्टाचारी भन्ने टोल–टोलमा सुनिन्छ’, उनले भनिन्, ‘देउवा सरकारले हनिमुनको पिरियडमा स्थानीय, प्रदेश र संघका प्रतिनिधिहरुको सम्पत्ति छानबिन गरोस भन्ने माग गर्न चाहन्छु ।’

प्रकाशित : २०७८ श्रावण २८, बिहीबार १४:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ