सिके राउत पार्टीका नेता बलात्कार आरोपमा पक्राउ


रुपन्देही : रूपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख मनोज केसीले शुक्लालाई पक्राउ गरिएको जानकारी दिएका हुन् । उनी सिके राउत नेतृत्वको जनमत पार्टीका नेता हुन् ।

स्वतन्त्र रूपमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी पटक–पटक दल परिवर्तन गर्दै आएका छन् । उनीविरूद्ध पीडित महिलाको उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ। – नेपाल प्रेस

नोट : नेपाल प्रेस अनलाइनबाट साभार गरिएको यो समाचारमा पक्राउ परेका शुक्ला जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष उल्लेख थियो । तर सो पार्टीले केन्द्रीय उपाध्यक्ष नरहेको र नेता मात्र रहेको जानकारी गराएपछि सच्याइएको छ । – सम्पादक

 

प्रकाशित : २०७८ श्रावण २८, बिहीबार १८:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ