लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री केसीले लिए सपथ


बुटवल : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख कार्यलयमा बिहीबार साँझ आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचन समक्ष केसीले सपथ लिएका हुन् । सपथ समारोहमा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र उनको मन्त्रिपरिषद्का केही मन्त्रीसमेत सहभागी भए ।

एमालेबाहेकको चार दलीय गठबन्धनका ४२ सांसदको समर्थनमा केसी मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री केसीले आजै मन्त्रिपरिषद विस्तार गरेका छन् । कांग्रेसबाट डिल्ली चौधरी, माओवादीबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहश्रराम यादव र सुमन रायमाझी मन्त्री बनेका छन् ।

खड्काले आर्थिक योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् भने चौधरीले पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।मुख्यमन्त्री केसीले आन्तरिक मामिला तथा कानुन, स्वास्थ, भूमि र उद्योग मन्त्रालयको कार्यभार समेत आफैलै सम्हालेका छन् ।

प्रकाशित : २०७८ श्रावण २८, बिहीबार १८:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ