Big News- नेपालले भुक्तानी नगरे रेल सम्झौता रद्द गर्ने भारतको चेतावनी


काठमाडौं : सम्झौताअनुसार नेपालले २० प्रतिशत अग्रिम भुक्तानी उपलब्ध गराउन नसकेपछि भारतले जयनगर–कुर्था रेलसेवा सम्झौता खारेज गर्ने चेतावनी दिएको छ ।

कोनकाँण रेलवे कर्पोरेसनका प्रमुख मेकानिकल इन्जिनियर दीपक त्रिपाठीले नेपाल रेलवे कम्पनीका महाप्रबन्धलाई पत्र लेखी नेपालले सम्झौताको उल्लंघन गरेको आरोप लगाएका छन् ।नेपालले चाँडै रेलसेवा संचालन नगरे सम्झौता रद्द हुने व्योहोराको पत्र गत बुधबार पठाइएको हो । सोही पत्र प्राप्त गरेकै दिनमा नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् ।

कोनकाँण कम्पनीले दुईवर्षअघि नै रेल सेवा संचालनका लागि प्रस्ताव गरेको थियो । सरकारले २ वटा रेल खरिद गर्ने निर्णय अनुसार कोनकाँणले दुईवटा रेलको डेमो २०२० सेप्टेम्बरमा पठाएको थियो । सोहीअनुसार नेपालले उक्त भारतीय कम्पनीसँग सन् २०२१ मे २४ मा रेलसेवा संचालन गर्न सम्झौता गरेको थियो ।

सम्झौताअनुसार रेल चलाउन ट्रयाक पनि तयार भएको र रेल पनि आइसकेको भएपनि नेपालले भुक्तानी गर्न नसक्दा कम्पनीले दुःख पनि व्यक्त गरेको छ । रेल भित्रिएको एकवर्षसम्म पनि नेपालले रेल नचलाएपछि कोनकण कम्पनीले रेलसेवा संचालन गर्न ताकेता गरेको हो ।

प्रकाशित : २०७८ श्रावण २८, बिहीबार १८:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ