वीरगञ्ज महानगरपालिकामा अख्तियारको छापा


टुडेखोज, पर्सा : वीरगञ्ज महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले छापा मारेको छ ।

उजुरीको आधारमा पटक पटक फाइल माग्दा नदिएपछि छापा मारेर नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । महानगरको राजश्व शाखाको फाइलहरु अख्तियारको टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।

आयोग हेटौँडाका उपसचिव एवं सूचना अधिकारी विष्णु सापकोटाले वडा नम्बर १४ को फाइलसमेत लगिएको बताए ।

प्रकाशित : २०७८ श्रावण २८, बिहीबार २०:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ