मातृका यादवले भने- केपी ओलीको मानसिक अवस्था ठीक छैन


काठमाडौं : सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद मातृका प्रसाद यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मानसिक र भौतिक अवस्था ठीक नभएको बताएका छन्

बिहीबार बसेको प्रतिनिधिसभामा उनले ओलीमाथि यस्तो गम्भीर आरोप लगाएका हुन् । उनले ओली मानसिक र भौतिक रुपमा ठीक नरहेको भन्दै कुनै बेला दुर्घटना हुन सक्ने बताए । ओलीको अवस्था मानसिक र भौतिक रुपमा ठीक नभएकाले नेकपा र सरकारको बोझ बोकाउन ठीक नहुने उनले औल्याए ।

‘ओलीको दुवै अवस्था ठीक छैन, यो बोझ किन बोकाउने? जहाज उडाउँदा मेडिकल चेक हुन्छ’, उनले भने, ‘यस्तो मान्छेलाई देशकै जहाज उडाउन दिँदा किन दुर्घटना हुँदैन ? पार्टीकै जहाज उडाउन दिँदा किन दुर्घटना हुँदैन ?’ ओलीकै कारण लगभग दुईतिहाइको कम्युनिष्ट सरकार ढलेर गठबन्धनको सरकार बनेको छ- उनले थपे ।

‘यो गठबन्धन अप्राकृतिक अनुचित अपवित्र रे! आन्दोलनमा पनि गठबन्धनबाट भएको हो’, उनले भने, ‘जसले संसद विघटन गरे उही आएर बोल्छन् सानले फेरि । सुगा रटान जस्तो परमादेश परमादेश परमादेश । जसको दिमाग बिग्रिएको छ, उसले भन्छ परमादेश, सबैको त बिग्रिएको छैन नि !’

प्रकाशित : २०७८ श्रावण २८, बिहीबार २२:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ