अविवाहित मन्त्रीको घोषणा- भ्रष्टाचार गर्दिन, आधा सम्पत्ति राज्यलाई दिन्छु


काठमाडौं : स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले कमाएको आधा सम्पति सरकारलाई दिने घोषणा गरेका छन् ।

५० वर्षदेखि लगानी मात्रै गरेर सम्पति आर्जन गरेकाले अब कमाएको सम्पति फाउण्डेशन बनाएर सरकारलाई दिने उनले घोषणा गरेका हुन् । राज्यबाट भ्रष्टाचार गरेर लिने आफ्नो कुनै चाहना नभएको उनले स्पष्ट पारे ।

अविवाहित भएकाले आफूलाई कुनै सम्पतिको लोभ नभएको उनले बताएका छन् । कोरोना संक्रमण भएपछि एक्लै बस्नुपरेकाले सम्पति भन्ने के नै रहेछ र भन्ने लागेकाले अबका दिन जनताको सेवामा लगाउने आफ्नो इच्छा रहेको उनले बताए ।

प्रकाशित : २०७८ श्रावण २९, शुक्रबार १०:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ