अफताब आलमको मुद्दा ‘कम्फरटेबल इजलास’मा, पहिलो नम्बरमै सुनुवाई


काठमाडौं : इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरुद्ध सर्वोच्चमा गएका कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा सुनवाइका लागि तोकिएको सो मुद्दाको पेसी पहिलो नम्बरमै छ । न्यायाधीश हुनुअघि कांग्रेसको महाधिवेन निर्वाचन समितिमा रहेका राउत र रेग्मीको इजलास आलमका लागि कम्फरटेबल मानिएको छ ।

यसअघि पटक पटक सो मुद्दा सुनवाइमा चढेको थियो । अदालतबाट कैफियत प्रतिवेदन माग्ने बाहेक अरु आदेश भएको थिएन । नेपाल प्रेस

प्रकाशित : २०७८ श्रावण २९, शुक्रबार ११:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ