बालुवाटारमा धर्ना बस्न लागेका ७० शिक्षक पक्राउ


काठमाडौं : धर्ना दिन प्रधानमन्त्री निवाश बालुवाटार पुगेका ७० शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कतिपय महिला शिक्षक पनि रहेकी छन् ।

शिक्षामा २० प्रतिशत लगानी, कोरोना खोपको व्यवस्था सहितका विभिन्न मागसहित नेपाल शिक्षक महासंघले धर्ना कार्यक्रम राखेको थियो । धर्ना सुरु हुनुअगाबै कार्यक्रमस्थलबाट उनीहरुलाई पक्राउ गरेर मालिगाँउस्थित प्रहरी वृत्त लगिएको छ ।

निषेधित क्षेत्रमा कार्यक्रम गर्न लागेका कारण उनीहरुलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित : २०७८ श्रावण २९, शुक्रबार १२:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ