पर्सामा चोरीका चार मोटरसाइकल सहित दुई युवक पक्राउ


वीरगञ्ज : पर्सा प्रहरीले चोरीका चार मोटरसाइकल सहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ३० का २१ वर्षीय कृष्णा पटेल र सोही ठाउँका २० वर्षीय आकाश यादव रहेका छन् ।

उनी दुबैजना चोरीका बा ४२ प ५२६३ नम्बरको कालो रंगको पल्सर, ना ११६ प ३३६७ नम्बरकोे हरियो रंगको पल्सर, ना १४ प ८४ नम्बरको प्यासन प्रो र ग १ प ७६९४ नम्बरको आर एक्स यामाहा मोटरसाइकल विक्रीका लागि राखेका थिए । चारै मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

मोटरसाइकल कहाँ कहाँबाट चोरी गरेको कुरा खुल्न सकेका छैन । पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान तथा कारवाही अगाडी बढाएको पर्सा प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ श्रावण २९, शुक्रबार १५:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ