मातृका यादवको अभिव्यक्तिलाई लिएर संसदमा हंगामा !


काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद मात्रिकाप्रसाद यादवले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबारे गरेको टिप्पणी संसदको रेकर्डबाट हटाइएको छ ।

यादवले हिजो विशेष समयमा पूर्व प्रधानमन्त्री ओली ‘मेन्टल्ली र फिजिकल्ली फिट नभएको’ टिप्पणी गरेका थिए । यादवको टिप्पणीबारे प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा उभिएर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले शब्द हटाउन रुलिङ गरेका छन् ।

यादवको अभिव्यक्ति हटाउन माग गर्दै केही एमाले सांसदले केहीबेर होहल्ला गरेर सभामुखलाई दबाब समेत दिएका थिए ।त्यसपछि सभामुखबाट रुलिङ आएको थियो । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माओवादी केन्द्रका सांसद यादवले ‘अमर्यादित भाषा प्रयोग गरेको’मा कडा आपत्ति जनाए ।

माओवादी केन्द्रका सांसद यादवले हिजो बोल्ने बित्तिकै एमाले प्रमुख सचेतक भट्टराई कडा आपत्ति जनाउँदै हटाउन माग गरेको थियो । सभामुखले आफ्नो ध्यानाकर्षण भएको बताएपनि नहटेको भन्दै एमालेले आज शुरुमै उभिएर विरोध गरेको थियो ।

प्रकाशित : २०७८ श्रावण २९, शुक्रबार १६:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ