यस्तो छ आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति (पूर्णपाठ)


काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सरकारको न्यूनतम साझा कार्यक्रम, नीति तथा कार्यक्रम, देशको वर्तमान आर्थिक अवस्थाको जानकारी २०७८ तथा राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनालाई आधार बनाएर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको जानकारी दिए ।

अधिकारीले सरोकारवालाबाट प्राप्त सुझावलाई पनि ध्यान दिएर नीति बनाइएको बताए । अधिकारीले आगामी आर्थिक वर्षमा कोरोना महामारीकाबीच पनि आर्थिक क्षेत्रको पुनरुत्थानमा सुधार आउने अपेक्षा गरे । अधिकारीले वैदेशिक रोजगारीमा जानेको संख्या घटेकाले सोधानान्तरमा असर पुग्न सक्ने औंल्याए । सोधनान्तर स्थितिमा चाप पर्न सक्ने भए पनि वैदेशिक मुद्रा सञ्चिति सुविधाजनक अवस्थामा देखिन सक्ने उनको भनाइ छ ।

कर्जाको माग बढ्ने देखिएको भन्दै उनले कर्जाको ब्याजदरमा चाप पर्ने देखिएको पनि बताए। वाणिज्य बैंकका अतिरिक्त विकास बैंक तथा वित्त कम्पनीहरुले ऋणपत्र जारी गर्न पाउने व्यवस्था नीतिमा गरिएको छ । त्यस्तै ब्याजदर कोरिडरको तल्लो सीमाको एक प्रतिशत लेबल बढाइको छ भने अन्य व्यवस्थाहरु यथावत राखेको छ । ब्याजदर करिडोरको तल्लो सीमालाई १ प्रतिशतबाट बढाएर २ प्रतिशत कायम गरिएको छ ।

आफ्नो कुल पुँजीको २५ प्रतिशतसम्म ऋणपत्र जारी गर्न पाउने मौद्रिक नीतिमा उल्लेख छ । बैंक अनिवार्य नगद अनुपात ३ प्रतिशतमा र बैंक दरलाई ५ प्रतिशतमा यथावत राखिएको छ । ब्याजदर कोरिडरको माथिल्लो स्थायी तरलता सुविधा दर पाँच प्रतिशतमा यथावत राखिएको छ ।

विप्रेषण कारोबारलाई बैंकिङ च्यानलमार्फत ल्याउनका लागि नीतिले प्रोत्साहन गरेको छ । बैंक तथा वित्तीय संस्थामार्फत रेमिट्यान्स पठाइ बैंकमा जम्मा गरेमा प्रचलित ब्याजदरमा थप १ प्रतिशत बढी ब्याज पाइने मौद्रिक नीतिमा उल्लेख छ ।

प्रकाशित : २०७८ श्रावण २९, शुक्रबार १८:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ