मोटरसाइकल चोरी गर्दैगर्दा आलम रंगेहात पक्राउ


पर्सा : मोटरसाइकल चोर्ने क्रममै एक यूवकलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको छ । पक्राउ पर्नेमा पोखरिया न.पा. ६ रानीगंजका २० वर्षीय रहमान आलम छन् ।

बीरगञ्ज महानगरपालिका २५ सिर्सियाका कामेश्वर पटेलले आफ्नै घर अगाडि पार्क गरी राखेको ना. ३५ प. ४३६२ नम्बरको कालो रातो रंगको १५० सीसीको पल्सर मोटरसाईकल चोर्न खोज्दा आलम पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका आलम विरुद्द चोरी सम्बन्धी कसूरमा प्रहरीले अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।

प्रकाशित : २०७८ श्रावण २९, शुक्रबार २०:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ