माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि हुने


काठमाडौं : नेकपा माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि हुने भएको छ । स्थानीय र प्रदेश स्तरका अधिवेशनहरू सकेपछि पुस ११ गते पार्टीको राष्ट्रिय सम्मेलन गर्ने अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव छ ।

शनिबारदेखि काठमाडौँको बत्तीसपुतलीमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन पेस गर्दै अध्यक्ष दाहालले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेस गर्नुभएको हो ।

दाहालको सेल कमिटीदेखि राष्ट्रिय सम्मेलनसम्मको प्रतावित कार्यसूची
–भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण ।
–असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला ।
–असोज २० गते वडा सम्मेलन ।
–असोज ३० गते गाउँपालिका, नगरपालिका सम्मेलन
–कात्तिक ३० गते जिल्ला सम्मेलन
–मङ्सिर १५ गते प्रदेश सम्मेलन
–पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन ।

प्रकाशित : २०७८ श्रावण ३०, शनिबार १३:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ