जनकपुरमा भगवती मन्दिर स्थापना गर्न विशाल कलशयात्रा


जनकपुरधाम : जनकपुरधामको वडा नं. १४ मुजेलियामा माता महरानीको गहवर (भगवती मन्दिर) स्थापनार्थ भब्य कलशयात्रा निकालिएको छ ।

शनिवार विहान स्थानियहरुले शोभायात्रा सहित जनकपुरधामको पवित्र सरोबर गंगा सागरमा पुगेर कलश भरि कलशयात्रा निकालिएको छ । श्री धर्मसंस्था रामस्वरूप साह, रामसागर साह मिल्स एरिया जनकपुरधामद्वारा नव निर्मित माँ महारानी जीको गहबर (मन्दिर) निर्माण सम्पन्न भएपछि कलशयात्रा र विधिपुर्वक पुजापाठ गरिएको छ ।

माहरानी जीको गहबर (मन्दिर) समुदघाटन तथा गृहप्रवेश भएको तथा तपन बाबा (डिहबार बाबा)को पूजा अर्चना सोमबार गरिने पूजा समितिले जानकारी गराएको छ ।

प्रकाशित : २०७८ श्रावण ३०, शनिबार १६:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ