जनकपुरमा नेपाल भ्यालुयर्स एसोसिएशनको प्रदेश कार्यालय उद्घाटन


टुडेखोज, जनकपुरधाम : जनकपुरमा नेपाल भ्यालुयर्स एसोसिएशन, प्रदेश नम्वर २ को प्रादेशिक कार्यालयको उद्घाटन गरिएको छ । अधिकृत संगमको दोस्रो तल्लामा भएको कार्यालयको उद्घाटन समारोह अध्यक्ष ई. दिल्लीप श्रीवास्तावको अध्यक्षता र केन्द्रीय अध्यक्ष ई. ऋिषी कोइरालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

एसोसिएशनका सचिव ई. हेमशंकर अरगरियाका अनुसार सो समारोहमा पूर्वाञ्चल च्याम्बरका अध्यक्ष अमोदराज आचार्य, बीरगञ्ज च्याम्बरका अध्यक्ष मुन्न सर्राफ, केन्द्रीय सदस्य रामरतन यादव, सल्लाहकार ई. लालबाबु साह, केन्द्रीय उपाध्यक्ष ई. संजय महतो लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७८ श्रावण ३०, शनिबार १९:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ