कांग्रेस महाधिवेशन सर्यो, मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय


काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी मंसिर ९-१३ गते सार्ने निर्णय भएको छ । तीन दिनदेखि जारी बुढानीलकण्ठमा जारी केन्द्रीय कार्यसम्ति बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो ।

यसअघि भदौ १६ देखि १९ सम्म गर्ने निर्णय भएको महाधिशवेन मंसिरमा सार्ने निर्णय भएको हो । बैठकले क्रियाशील सदस्यताको नामावली बुझाउने अन्तिम मिति भदौ दुई गतेलाई सारेको छ । त्यस्तै निर्वाचन निर्देशिका पनि भदौ दुई गतेसम्म नै बुझाउने निर्णय भएको छ ।

वडा अधिवेशन भदौ १८ गते, गाउँरनगर अधिवेशन भदौ २७ गते र प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज एक गने गर्ने निर्णय भएको छ । प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज पाँच गते र जिल्ला अधिवेशन असोज १० गते गर्ने निर्णय बैठकले गरेको छ ।

प्रदेश अधिवेशन भने कात्तिक १०-१२ गते गर्ने निर्णय बैठकले गरेको छ । बैठक अझै जारी छ । औपचारिक निर्णय आउन भने बाँकी छ । बैठक तीन दिनदेखि जारी छ ।

प्रकाशित : २०७८ श्रावण ३०, शनिबार १९:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ