अधिकारविहीन नागरिकको पक्षमा सदैव संघर्ष गर्छु : महन्थ ठाकुर


काठमाडौं : जनता समाजवादी पार्टीका साँसद महन्थ ठाकुरले अधिकारविहीन नागरिकहरुको पक्षमा सदैव संघर्ष गर्ने बताएका छन् ।

जसपा बागमती प्रदेश समितिद्वारा शनिबार काठमाडौंमा आयोजित प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको सम्बोधन गर्दै उनले पटक पटक सरकार परिवर्तन भएपनि मधेश लगायत पिछडिएका जनताको अधिकार पूर्ण रुपमा स्थापित हुन नसकेको बताए । उनले अधिकारविहीन नागरिकहरुको पक्षमा सदैव संघर्ष गर्ने बताए ।

कार्यक्रममा जसपा अध्यक्ष महन्थ ठाकुरले राज्यले मधेश लगायत पिछडिएका जनताको पक्षमा कुनै काम गर्न नसकेको आरोप समेत लगाए । जनताको अधिकार स्थापित गर्नका लागि पटक पटक संविधान संशोधनको कुरा उठाएपनि पूरा हुन नसकेको उनको भनाइ छ ।

उनले अधिकार प्राप्तीका लागि भएको आन्दोलनका घटनामा नेता कार्यकर्तालाइ लगाइएको मुद्धा फिर्ता हुनुपर्ने दोहो-याए । नागरिकताको कुरा गर्दा आफूहरुप्रति अनावश्यक टिप्पणी गर्ने गरेको उनले बताए । त्यस्तै उनले राष्ट्रियसभामा पनि जनताको आधारमा प्रतिनिधित्व हुन नसकेको धारणा पनि राखे ।

प्रकाशित : २०७८ श्रावण ३०, शनिबार २०:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ