निर्वाचन आयोगको निर्णयले कुनै फरक पर्दैन : राजेन्द्र महतो


काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का बरिष्ठ नेता राजेन्द्र महतोले निर्वाचन आयोगको निर्णयले कुनै फरक नपर्ने बताएका छन् ।

जसपा बागमती प्रदेश समितिद्वारा शनिबार काठमाडौंमा आयोजित प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको सम्बोधन गर्दै उनले भने, ‘आफुहरुले पार्टीको नामका लागि होइन्, जनताका लागि काम गर्छौं । त्यसैले निर्वाचन आयोगको निर्णयले केहि फरक पर्दैन् ।’

नेता महतोले जुन उदेश्यले जसपा निर्माण गरिएको हो, सो लक्ष्य हासिल हुन नसकेको जिकिर गरे । उनले मधेशलगायत पिछडिएका जनताको अधिकार रक्षाका लागि पार्टीलाई शसक्त रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित : २०७८ श्रावण ३०, शनिबार २०:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ