देशका अधिकांश स्थानमा ३ दिनसम्म ‘भारी वर्षा’को सम्भावना


काठमाडौं : मनसुनी वायु फेरि संक्रिय भएपछि अहिले देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ । जनकपुर क्षेत्रमा अहिले बादल लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाका अनुसार हाल देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही सदूरपश्चिम प्रदेश बाहेकका स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

अबको तीन दिनसम्म नै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित : २०७८ श्रावण ३१, आईतवार ०७:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ