मन्त्री यादवका सल्लाहकार जीवनाथ चौधरी सम्मानित


जनकपुरधाम : निजामती कर्मचारी युनियन धनुषाले प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवका सल्लाहकार जीवनाथ चौधरीलाई सम्मान गरेको छ ।

निजामती कर्मचारी युनियन धनुषाले आयोजना गरेको सम्मान कार्यक्रममा प्रदेश २ का संयोजक राजकिशोर राउतले सल्हाकार चौधरीलाई सम्मान गरे । यस्तै मन्त्री यादवका स्वकीय सचिव धीरेन्द्रमोहन झालाई पनि सम्मान गरियो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सल्लाहकार चौधरीले राजनीति विचारको आधारमा प्रदेशका कर्मचारीलाई प्रताडित हुन नदिने प्रतिबद्धता जनाए । उनले राजनीति आस्थाको आधारमा सरकारमा रहेको दलले विपरित दलसंग आबद्ध कर्मचारीलाई दु:ख दिने प्रवृत्ती हटाउने विश्वास दिलाए ।

चौधरीले भने, ‘म पनि पीडित कर्मचारी हो । अपराध नै नगरेपनि ९ वर्ष देखि जिम्मेवारी बिहिन छु । सर्वोच्च अदालतमा २ वर्ष देखि मुद्धा अलपत्र पर्दा मैले समस्याको सामना गरेको छु ।’ काग्रेसमा लागेका कारण माओवादी र मधेसवादीका मन्त्रीले ३ लाखको योजनामा फसाउने षड्यन्त्र गरेको चौधरी आरोप लगाए ।

कार्यक्रममा प्रमुख अतिथि राजकिशोर राउतले समायोजनमा प्रदेश सरकारले विभेद गरेको बताए । मुख्यमन्त्री कार्यालयले निजामती कर्मचारी युनियनमा आबद्ध भएका कर्मचारीसंग भेदभाव गरेकोले काग्रेस सरकामा आएपछि विभेदमा परेका कर्मचारीलाई सरकारको तर्फबाट सहयोग हुनु पर्ने बताए ।

कार्यक्रममा निजामती कर्मचारी युनियन धनुषाका अध्यक्ष धर्मराज पौडेल, केन्द्रिय सदस्य विद्या चौधरी, रन्जु चौधरी लगायतका वक्ताहरुले कार्यक्रममा सम्बोधन गरेका थिए ।

प्रकाशित : २०७८ श्रावण ३१, आईतवार ०९:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ