झण्डै ९ करोडको लागतमा भगवानपुर गाउँपालिकाको भवन निर्माण सुरु


टुडेखोज, लहान : सिरहाको भगवानपुर गाउपालिकाले सुविधा सम्पन्न प्रशासनिक भवनको निर्माण थालेको छ ।

शनिवार एक समारोहबीच प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव र गाउपालिका प्रमुख बेचन यादवले संयूक्त रुपमा भवनको शिलान्यास गरे । वडा नम्वर १ मा भवन शिलान्यास गरिएको छ ।

करिब पोने ९ करोडको लागतमा चार तल्ले सुविधा सम्पन्न भवन निर्माण हुने बताइएको छ । मन्त्री यादवले तोकेको समयभित्र मापदण्डको पालना गरी गुणस्तरीय भवन बनाउन निर्देशन दिए ।

प्रकाशित : २०७८ श्रावण ३१, आईतवार ०९:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ